कालो हरिण काण्डमा बलिउड अभिनेता सलमान खान दोषी ठहर

चैत्र -२२, कालो हरिण शिकार काण्डमा बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले दोषी ठहर गरेको छ ।
सलमान खान सँगै यस काण्डमा मुछिएका सेफअली खान, तब्बु, नीलम लगायतका अन्य कलाकार हरुलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ। सन १९९८ मा एक फिल्म सुटिङ्को क्रममा उनले दुर्लभ जनावर कालो हरिणको शिकार गरेका थिए ।
खानलाई अब १ देखि ६ वर्षसम्म जेल सजाय हुन सक्छ यद्यपी उनले पुनरावेदन भने गर्न सक्ने छन् ।