चट्याङ लागेर भोजपुरमा एकको मृत्यु

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र २२, भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार साँझ पानि सँगै परेको चट्याङ्ले पौवादुङ्मा गाउँपालिका वडा नं ४ निवासी तारा घिमिरे टाउको र घाँटीमा चोट लागेको थियो । चोटबाट गम्भीर घाइते भएकी ४० वर्षीया घिमिरेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । उनको स्वास्थ्य केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित : 5 April, 2018

प्रतिक्रिया दिनुहोस्