भाटभटेनीमा लागेको आगलागी नियन्त्रणमा

सहयात्रा टिभी

बुटवल । चैत्र २५, बुटवलको भाटभटेनीमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ५ बजे सुरु भएको आगलागी स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा दमकलको सहयोगमा करिब ५ घण्टाको प्रयास पछि नियन्त्रणमा आएको हो ।

 

गत बैशाख महिनाबाट संचालनमा आएको भाटभटेनी सुपरमार्केटमा आगलागिले संरचना सहित पाचौँ तलामा पूर्ण क्षति पुर्याएको हो । प्रहरीले विद्युत सर्ट भएका कारण आगलागि भएको बताएको छ ।

प्रकाशित : 8 April, 2018

प्रतिक्रिया दिनुहोस्