नेपाल-भारतबिचको कृषि, जलमार्ग एवं रेलमार्ग सम्बन्धी समझदारीलाई विवेकशील साझाले गर्यो स्वागत

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र–२६, विवेकशील साझा पार्टीले विज्ञप्ति जारी गर्दै केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भएको दुई देशीय समझदारीलाई स्वागत गरेको छ। आज पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गर्दै नेपालको विकाश र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने नेपाल-भारत बिचको समझदारीलाई हामी स्वागत गर्ने बताएको हो । विज्ञप्ती मार्फत नेपालको विकाश र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने नेपाल-भारत बिचको समझदारीलाई हामी स्वागत गर्दछौं भनिएको छ ।

यसको साथै भ्रमणले नेपाल-भारत सम्बन्धलाई समानताको आधारमा सौहार्दता र पारस्पारिक विश्वासको नयाँ उचाइमा पुर्याएको ठान्दै आपसी सम्बन्धको यस्तो नयाँ परिवेशमा नेपाल-भारत सीमा विवाद, सीमा क्षेत्रका भारतीय बाँधले नेपालमा सिर्जित बाढीको समस्या, अलपत्र परेका भारतीय सहयोगमा निर्माणाधीन आयोजना, र भारतसँग नेपालको बढ्दो व्यापार घाटा लगायतका समस्याको यथाशीघ्र समाधानार्थ विशेष पहल गर्न विवेकशील साझा पार्टी नेपाल सरकारलाई आग्रह गरिएको विज्ञप्तीमा उल्लेख छ ।

 

 

 

 

 

प्रकाशित : 9 April, 2018

प्रतिक्रिया दिनुहोस्