रोल्पामा ट्र्याक्टर दुर्घटना; एकको मृत्यु, दुइजना घाइते

सहयात्रा टिभी

रोल्पा । चैत्र -२७ रोल्पाको सुनछहरी गाँउपालिका–५ कसलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गएराति ९ बजे भएको दुर्घटनामा लु१त ९३४२ नम्बरको ट्र्याक्टर सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो ।

दुर्घटनामा परि चालक रोल्पा नगरपालिका–३ सिमलवाङका ३२ वर्षीय गणेश बुढाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य १६ वर्षीय बिक्रम सुनार, १८ वर्षीय गणेश सुनार र रपबहादुर पुन मगर घाइते भएका थिए ।
घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित : 10 April, 2018

प्रतिक्रिया दिनुहोस्