डिआइजी रमेश खरेल दिए राजिनामा

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र २८, मंगलवार डिआईजी सर्वेन्द्र खनाल प्रहरी प्रमुखमा नियुक्त भए सँगै महानिरीक्षक बन्ने दौडमा रहेका रमेश खरेलले प्रहरी सेवाबाट राजिनामा दिएका छन् ।

खरेलले आज गृहमन्त्रालयमा राजिनामा दिएका हुन । आफूभन्दा ११ महिना पछाडी प्रहरी सेवामा आएका सर्वेन्द्र खनाललाई आइजिपी नियुक्त गरेपछि खरेल राजीनामा दिने निर्णयमा पुगेका हुन् । सामाजिक सञ्जालबाट राजिनामा दिने पुर्व उद्घोष गरेका खरेलले  आज औपचारिक रुपमा राजिनामा दिएका हुन् ।
२०४५ साल फागुन १ गते भलिबल खेलाडीका रुपमा प्रहरी जवान पदबाट प्रहरी सेवा प्रबेश गरेका खरेल एसएसपीसम्म बढुवा हुँदा रमेश १ नम्बरमा भएपनि डिआइजी बढुवा हुँदा २ नम्बरमा झरेका थिए।

प्रकाशित : 11 April, 2018

प्रतिक्रिया दिनुहोस्