मेगा बैंकको सीइओमा अनुपमा खुँजेली नियुक्त

काठमाण्डौँ । चैत्र–३०, मेगा बैंकको सीईओमा अनुपमा खुँजेली नियुक्त भएकी छन् । खुँजेली मेगाको मात्रै नभएर वाणिज्य बैंकहरुमै सीईओको जिम्मेवारी पाउने पहिलो महिला हुन्। मेगा बैंक सञ्चालक समितिले खुँजेलीलाई सीईओ नियुक्त गरेको जनाएको छ ।
बैंकका अनुसार, खुँजेलीको कार्यकाल २ वैशाखदेखि शुरु हुनेछ । अनिल केशरी शाहले सीईओको जिम्मेवारीबाट राजीनामा दिएपछि मेगाले २३ मंसिरदेखि लागू हुनेगरी खुँजेलीलाई कामु सीईओको जिम्मेवारी दिएको थियो । कामु सीईओको जिम्मेवारी सम्हालेको केही महिनापछि बैंक सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिएको हो ।