हस्पिटलको सिसा फोडेर बिरामीद्धारा आत्माहत्या प्रयास

सहयात्रा टिभी


पोखरा । चैत्र–३०, पोखराको एक हस्पिटलमा उपाचारत बिरामीले हस्पिटलकोसिसा फोडेर आत्माहत्या प्रयास गरेका छन् ।
बिहिवार गएराति पोखराको चरक मेमोरियल हस्पिटलको तेस्रो तलाबाट हामफालेर बिरामीद्धार आत्मा हत्या प्रयास भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आत्माहत्या प्रयास गर्ने लमजुङ घर भई पोखरा–११, फूलबारी बस्दै आएको युवराज गुरुङले बिहीबार अपराह्न पौने ५ बजे आत्महत्याको प्रयास भएको हो ।
अस्पतालको तेस्रो तला माथिबाट हामफालेका गुरुङको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताईएको छ । चरक मेमोरियल हस्पिटलमा प्रारम्भिक उपचारपछि पोखराकै मनिपाल शिक्षण अस्पताल रिफर गरिएको गुरुङको अहिले उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
पोखरामा व्यवसाय गर्दै आएका गुरुङ डिप्रेसनको औषधि सेवन गर्दै आइरहेका थिए ।

प्रकाशित : 13 April, 2018

प्रतिक्रिया दिनुहोस्