३३ किलो सुनकाण्डका अभियुक्तले गरे हिरासतमै आत्महत्या

सहयात्रा टिभी

काठमाण्डौं । चैत्र–३०,महानगरीय प्रहरी बृत सिंहदरवारमा साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका एक जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बर्दिया राजपुर नगरपालिका प्रयागपुर घर भई हाल काठमाडौंको चुच्चेपाटी बस्दै आएका प्रेमलाल चौधरी रहेका छन् ।

नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत उनलाई प्रहरीले ३३ किलो सुन काण्डमा सहयोग गरेको आरोपमा पक्राउ गरेको थियो। चौधरीले बिहान ५ बजे गाडी बाथरुममा आत्महत्या गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । दुवइबाट काठमाडौ भित्रिएको सुन गत माघको अन्तिम साता सम्वन्धित ब्यक्तिकहा नपुगी बीचबाटोबाटै गायव भएको थियो।

प्रकाशित : 13 April, 2018

प्रतिक्रिया दिनुहोस्