नयाँ वर्षमा मुख्यमन्त्री पत्नीसंग पुगे मुक्तिनाथ धाम

सहयात्रा टिभी

 

बुटवल । वैशाख–२, मुख्यमन्त्री शंकर पोखरेल नयाँ वर्षमा पत्नी संग बुटवलस्थित मुक्तिनाथ धाम पुगेर पूजा गरेका छन् ।

 

बुटवल १२ स्थित स्वामी नारायण मुक्तिनाथ धाममा पत्नी सुजितासँगै पुगेर उनले विशेष पूजा र आरती गरेका थिए ।त्यहाँ सन्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले देशको विकास र धार्मिक सांस्कृतिक सम्पदाको पनि योगदान गर्ने बताएका छन । मुख्यमन्त्रीसँगै उनकी पत्नी तथा संघीय सभा सदस्य सुजिता शाक्य, प्रदेश सरकारका बन वातावरण उद्योग तथा पर्यटन मन्त्री लिला गिरि, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, वडा नं. १२ का अध्यक्ष दुर्गा सुवेदी लगायत पनि मुक्तिनाथ धाम पुगेका थिए ।

प्रकाशित : 15 April, 2018

प्रतिक्रिया दिनुहोस्