मातातीर्थ औंशीमा पदम भुवनेश्वरी वृद्धसेवाआश्रमले वृद्ध आमाहरुलाई गराए सम्मान र मिठो भोजन
सहयात्रा टिभी
सर्लाही । बैशाख-३, मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको अबसरमा पदम भुवनेश्वरी वृद्धसेवा आश्रममा रहेका वृद्ध आमाहरुलाई आश्रमले सम्मान तथा मिठो भोजन गराएको छ। लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको आश्रमले आज एक कार्यक्रम गरि सम्मान तथा मिठो भोजन गराएको हो।
कार्यक्रम सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद प्रमोद शाहको प्रमुख आतिथ्यतामा र सर्लाही क्षेत्र नं. १ (क) का प्रदेश सभासद बेची लुङगेलीको विशिष्ट आतिथ्यतामा भएको थियो। अतिथिहरुमा लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्का, उपमेयर शान्ति लामा, पुर्व पशु विकास राज्य मन्त्री शम्भुलाल श्रेष्ठ र हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई लगायत बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
आफ्नो सन्तानबाट टाढा रहेका वृद्धहरुलाई आजको दिनमा पनि सन्तानले नहेरेको महशुस नहोस भन्दै उहाँहरुलाई खुशी बनाउनको लागि आफुहरुले कार्यक्रमको आयोजना गरिएको आश्रमका संचालक वासुदेव शरण कोइरालाले जानकारी दिनु भयो।


