आगालागीबाट दुई घर जल्दा २० लाखको क्षती

सहयात्रा टिभी

काठमाण्डौँ । वैशाख –३,  उदयपुर गढी गाउँपालिका–७ मा दुई घर जल्दा २० लाख बराबरको क्षती भएको छ ।


आइतबार साँझ उदयपुर गढी–७ का हस्तबहादुर सार्कीको भान्साकोठाबाट सुरु भएको आगोलागीले हस्तबहादुर सार्की र मानन्ध्वज सार्कीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगालागीबाट अन्नपात, भाडाकुँडा, लत्ताकपडा र नगदसहित लगभग २० लाख बराबरको क्षती भएको हो । स्थानीयबासी र प्रहरीको सहयोगबाट आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रकाशित : 16 April, 2018

प्रतिक्रिया दिनुहोस्