साहित्यकार डा. जोशीको निधन

सहयात्रा टिभी

काठमाण्डौ ।बैशाख–४, लामो समय देखि बिरामी परेका वरिष्ठ साहित्यकार डा. कुमार बहादुर जोशी को उपचारको क्रममा आज निधन भएको छ । दुइपटक मृगौला प्रत्यारोपण गरिसकेका जोशीको ललितपुरको सुमेरु अस्पतालमा उपचारको क्रममा ७७ वर्षको उमेमा मृत्यु भएको हो ।


बिरामी भएर सभासमारोहमा समेत देखा पर्न छाडेका जोशी केहि समय देखि घरमै बसि औषधि सेवन गरिरहेका थिए । महाकवि लक्ष्मि प्रसाद देवकोटाको बारेमा विद्यावारिधि समेत गरिसकेका डा. जोशीले थुप्रै पुस्तकहरु प्रकाशन गरिसकेका छन् ।

प्रकाशित : 17 April, 2018

प्रतिक्रिया दिनुहोस्