व्यवसायी राष्ट्रिय महासंघको यातायात संचालनमा ल्याउने

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–६, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनलाई वास्था नगरि ८० वटा कम्पनिले सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । यस सवारी साधान सञ्चालनमा आउदा सर्वसाधाणलाई पनि सहज हुने छ ।


यातायात व्यवस्था विभागबाट बन्द भएका ८० कम्पनीका करिब ६ सय सवारी साधन संचालनमा आउनेछ । यसै गरि हड्तालमा उत्रिएका व्यवसायीको गाडी समेत कब्जामा लिएर प्रहरी र सेनाले चलाउने भएको छ। विभागको पछिल्लो तथ्याङक अनुसार १ सय १३ वटा सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने कम्पनी मात्रै पञ्जीकृत भएको थियो ।
जसमा ३३ वटा कम्पनीका सवारीसाधन नवीकरण हुन बाँकी छन्। नवीकरण भएका ८० कम्पनीका ५ सय ६७ वटा सवारीसाधनहरु रहेका छन्। धेरै बस सेवा दिने कम्पनीहरु कम्पनीको मोडलमा आए पनि पञ्जीकरण गर्न बाँकी रहेको विभागले जनाएको छ। पछिल्लो समय सरकारको निर्णय अनुसार कम्पनी मार्फत गाडी सञ्चालन गर्ने व्यसायीहरु उत्साहित भएका छन्।

प्रकाशित : 19 April, 2018

प्रतिक्रिया दिनुहोस्