दोस्रो चरणको निर्वाचनका लागि ९० हजार कर्मचारी खटिदै

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१ गतेका लागि तय भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि ९० हजार कर्मचारी खटिने भएका छन । ४१ जिल्लाका ४ सय ६१ स्थानीय तहमा करिव ९० हजार कर्मचारी खटाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले जेठ ३१ को निर्वाचनको लागि कर्मचारी परिचालन गर्न शुरु गरिसकेको छ । आयोगले ४१ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । जेठ ३१ गते हुने निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा करिव चार जना कर्मचारी र तीन जना स्वयंसेवक खटिनेछन् । मतदाता शिक्षाको लागि तालिम दिएका प्रशिक्षार्थी समेत खटाईँदैछ । दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुँदैछ । जेठ ३१ को निर्वाचनका लागि जेठ १९ गते उम्मेद्वार मनोनयन हुने कार्यतालिका छ । आयोगले जेठ २२ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्