केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम पारित

सहयात्रा टिभी

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४ र ७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्ने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका सबै ठूला परियोजना समावेश गर्नुका साथै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न र अरू दैनिक कामका लागि बजेट छुट्याइएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम यही जेठ १० गतेभित्र नै राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसद्मा पेस गर्ने मन्त्री कार्कीले बताउनुभया े। नीति तथा कार्यक्रम संविधान कार्यान्वयनका साथै राष्ट्रिय परियोजना र राष्ट्रिय पुनः संरचनालाई तीव्रता दिनेतर्फ रहेको उहाँले बताउनुभयो ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्