भारतमा लागुऔषध सहित दुई नेपाली पक्राउ

सहयात्रा टिभी

बैशाख–९, भारतमा लागुऔषध सहित दुई नेपाली युवाहरु पक्राउ परेका छन् । रुपन्देहिको सिमाक्षेत्र भारतीय बजार सुनौलीबाट नेपालमा लागुऔषध ल्याउने क्रममा उनीहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा रुपन्देही बुटवलका दान बहादुर गुरुङ र चन्द्र बहादुर गुरुङ रहेको भारत महाराजगंज जिल्ला सुनौली प्रहरी चौकीका प्रमुख सतिश सिंहले बताएक छन् ।

प्रहरीले उनीहरुको साथबाट ५० ग्राम हिरोइन बरामद गरेको उनले जानकारी दिए । उनीहरुलाई भारतीय कानुन अनुसार कारवाही अघि बढाइने भारतीय प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 22 April, 2018

प्रतिक्रिया दिनुहोस्