असार मसान्तभित्र देशभर एनालग केबल बन्द गर्ने सरकारको घोषणा
काठमाण्डौँ । बैशाख ११, लामो समयदेखि एनालग केवल बन्द गरिने भनिएपनि कार्यान्वयनमा भने आउन सकेको थिएन । अव भने नेपाल सरकारको अगुवाईमा नै एनालग केवल बन्द गरि डिजिटलमा रुपान्तारित गरिने भएको छ । आउदो असार मसान्तवाट ७७ जिल्लाकै एनालग केबलहरु बन्द गरिने भएको हो । सञ्चार तथा सुचना प्रविधी राज्यमन्त्री गोकुल बाँस्कोटाले आईतबार मन्त्रालयको १ सय दिनभित्र गर्ने कार्यसुचि सार्वजनिक गर्दै सो कार्यसुचिमा एनालग प्रविधीलाई असाढ मसान्तभित्रै बन्द गरि ७७ जिल्लामै डिजिटल प्रसारणको व्यवस्था गर्ने उल्लेख गरिएको बताउनुभएको छ ।
मन्त्रालयले दुरसञ्चार ऐन २०५३ को परिमार्जन, हुलाक बचत बैंकको विस्तार लगायत २१ बुँदे कार्यसुचि सार्वजनिक गर्दै टेलिभिजन प्रसारणलाई महत्वका साथ उठाउदै देशैभर एनलग प्रविधि हटाई डिजिटल प्रणालीमा रुपान्तरण गरिने जनाएको छ ।
यसअघि संचार तथा सुचना प्रविधि मन्त्रालयले काठमाण्डौमा एनालग केबल पुर्ण रुपमा बन्द गरिसकेको छ । अव एनालग सिस्टम बन्द भएसंगै साउन २०७५, देखि नै देशैभर सेट–टप बक्स जडान गरेर मात्रै टि.भि हेर्नुपर्ने व्यवस्था लागू भएको छ । यसको लागि विगत लामो समयदेखि डिजिटल सिस्टममा गईसकेको डिस होमले डिजिटल प्रणालीको सेवा प्रदान गर्दै आईरहेको छ । डिजिटल प्रणाली लागू भए सरकारको राजश्व बढ्नुको साथैं जनताले पनि गुणस्तरीय माध्यमबाट टेलिभिजन हेर्न पाउने छन् ।