धर्मगुरु आसाराम बलात्कारी ठहर

सहयात्रा टिभी

भारतका धर्मगुरु आसाराम बापूलाई जोभपुरको विषेश अदालतले नाबालिक बलात्कारको दोषी ठह¥याएको छ ।

धर्मगुरु आसारामले आश्रममा १६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा उक्त फैसला भएको हो ।

विद्यालयमा लडेर घाइते भएकी किशोरीलाई उनका बाबुआमाले आश्रममा ल्याएका थिए । अगष्ट १५, २०१३ मा उक्त किशोरीमाथि आसारामले यौन शोषण गरेका हुन् ।

घटना भएको ५ दिन पछि पिडित परिवारले प्रहरीसामु उजुरी दिएको प्रहरीले जनाएको छ । आसारामलाई कति वर्षको जेल सजाय हुने भन्ने निर्णय भइसकेको छैन् । लगभग १० वर्षको सजाय हुन सक्ने भारतीय संचारकर्मीहरुको अनुमान रहको छ ।

प्रकाशित : 25 April, 2018

प्रतिक्रिया दिनुहोस्