सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकामा मतपत्रसंगै पैसा भेटियो
सहयात्रा टिभी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा मतपत्रभित्र पैसा भेटिएपछि मतगणना रोकिएको छ । इन्द्रावती गाउँपालिकाको वडा ८, ९, १० को मतगणना गर्ने क्रममा पाँच, दश र पचासका नोट भेटिएपछि विवाद भएको हो । कुनै मतदाताले झुक्किएर पैसाको नोट मतपेटीकामा खसालेको हुनसक्ने अनुमान गरिएको छ । आधा घण्टाको छलफलपछि पुनः मतगणना सुरु गरिएको थियो ।