दुईदिनदेखि बढेको सेयरबजार फेरि ओरालो लाग्यो, लगानीकर्ता अलमलमा

काठमाडौं । लगातार उच्च अंकले बढेको सेयरबजारमा पछिल्लो दुई दिनदेखि गिरावट आएको छ । नेप्से तथा कारोबार रकम दुवैमा दुई दिनदेखि गिरावट आएको हो । कारोबारमा आएका अन्य समूह बाहेक सबै समूहका सूचक नकारात्मक रहेपछि समग्र बजार ८.३९ अंकले घटेको छ । बुधबार पनि बजार खुलेलागत्तैै हरियाली देखिएको नेप्सेले दिनभर घट्दो क्रमममा
रहिरहंदा बजार बन्द हुदां ८.३९ अंकले घटेर १३८६.४७ अंकमा झरेको छ ।
बुधवार १६० कम्पनीको झण्डै ५६ करोड बराबरको सेयर किनबेच भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोड कम हो । निरन्तर उच्च अंकले बढेको बजार पुन ओरालो लाग्न थालेपछि लगानीकर्ता भने अलमलमा परेका छन् ।
यसदिन सबैभन्दा धेरै स्वदेशी लघुवित्तको सेयरधनिले ६ प्रतिशतका दरले लाभ हांसिल गरे भने रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशत गुमाए ।