मोस्ट वान्टेड चिनियाँ महिला नेपालमा पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–१३, चीनमा मोस्ट वान्टेडमा परेकी झाङ गोयुन नाम गरेकी एक महिलालाई नेपाल प्रहरीले बौद्धमा पक्राउ गरेको छ । करोडौँ रकम हिनामिना गरेर चीनबाट फरार भएकी गोयुनलाई बुधबार प्रहरीले बौद्धमा पक्राउ गरेको हो ।

ई ५९९६६८५२ पासपोर्ट नम्बर भएकी उनी नेपाल आएको थाहा पाएपछि चीन सरकारले उनको पासपोर्ट रद्द गरेको थियो।

रद्द भएको पासपोर्ट प्रयोग भएकाले उनलाई पक्राउ गर्न सफल भएको अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले बताए। उनलाई लिन चिनियाँ प्रहरीको टोली काठमाडौं आएको छ। उनी ठूलो वित्तीय अपराधमा संलग्न भएको स्रोत बताउँछ।

प्रकाशित : 26 April, 2018

प्रतिक्रिया दिनुहोस्