निराशाजनक परिणामपछि राप्रपा आत्मसमीक्षा गर्दै

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा सोचे अनुसार नतिजा नआएपछि राप्रपा गम्भीर आत्मसमीक्षामा जुटेको छ । यसका लागि राप्रपाले सोमबार  केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, संविधान संशोधन लगायतका विषयमा पनि छलफल हुनेछ । संविधान संशोधनका विषयमा पार्टी भित्र मत भिन्नता भएपछि सम्पादन समितिले यो विषयको टुंगो लगाउने छ । यस्तै, बैठकमा दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन र आवश्यक तयारीका विषयमा समेत छलफल हुनेछ ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्