अफगानस्तानको राजधानी काबुलमा बम विष्फोट

सहयात्रा टिभी


बैशाख–१७,अफगानस्तानको राजधानी काबुलमा बम विष्फोेट हुंदा चार जना पत्रकारसहित २१ जनाको मृत्यु भएको छ । एएफपीका अनुसार आत्मघाती आक्रमणको तस्बिर खिचिरहेको बेला पत्रकारलाई नै लक्षित गराइएको र अन्य तीन जना प्रत्रकारको पनि मृत्यु भएको हो । मोटरसाईकलमा आएका आत्मघाती विष्फोेट गराएपछि त्यसको फोटो खिचिरहेको बेला फोटो पत्रकार शाह मराईको मृत्यु भएको छ।

आक्रमणकारीले आफु पनि पत्रकार रहेको भन्दै पत्रकार रहेको ठाउँमा पुगेर बम विष्फोट गराएको अफगानस्तानका प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । समाचार संस्था अल्जजिराका अनुसार ६ जना प्रत्रकार मारिएको  दाबी गरेको छ ।

प्रकाशित : 30 April, 2018

प्रतिक्रिया दिनुहोस्