देशका ठुला नदीहरुमा बाढी तथा हिमताल आउने अघिबाटै जानकारी
सहयात्रा टिभी
काठमाण्डौँ । बैशाख–१७, देशका ठुला नदीहरुमा बाढी आउन सक्ने हिमताल विष्फोटन हुन सक्ने जानकारी प्राप्त हुने भएको छ । मनसुन सुरु भएसँगै विभागले मनसुन आपतकालीन कार्ययोजना जारी गरेको हो ।
विकसित देशहरुमा जस्तो जुस्कै बाढी आएपनि जानकारी दिनको लागि विभागले प्रविधिको विकास गरेको जनाएको छ । विभिन्न नदी नालाहरुमा बाढी अनुगमन तथा हिमताल विष्फोट वा अन्यकारणले उत्पन्न हुनसक्ने बाढी समेतको लागि सुचना प्रवाह गर्न बाढी पुर्वानुमान शाखा मनसुनको अवधिभर चौबिसै घण्टा खुला रहने भएको छ ।
देशका मुख्य नदीनालाहरु कोशी, गण्डकी, कर्णाली, बागमती र पश्चिम राप्ती लगायतको बाढी पुर्वानुमान तीन दिन अघिनै गर्ने गरि कम्प्युटर मोेडेलको विकास गरिएको छ ।