रामकहानी चलचित्रको गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१७, नायिका पुजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गरेको दोश्रो चलचित्र रामकहानीको पहिलो गित        सार्वजनिक भएको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गितमा सुगम पोखरेल र अन्जु पन्तको आवजमा रहेको छ ।यो गितमा चलचित्रका मुख्य नायिका पुजा शर्मा नायक आकाश श्रेष्ठ रहेका छन ।

चलचित्रमा अन्य कलाकारहरु पनि यस भिडियोमा देख्न सकिने छ भने, आकाश र पुजाको केमेस्ट्री जमेको छ । सौरभ लामाले भिडियोलाई आकर्षक तरिकाले खिचेका छन् । तिम्रो लागि म छु यो दुनियाँ छोडिदेउ’ बोलको गीतले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

प्रकाशित : 30 April, 2018

प्रतिक्रिया दिनुहोस्