सिरियामा टर्किस् सैनिक ४ जना मारिए १३ जना घाइते

सहयात्रा टिभी

एजेन्सी । बैशाख–१७, सिरियाको आफ्रिन प्रान्तमा चार जना टर्किस् सैनिक मारिएका छन् भने १३ जना घाइते भएका छन् ।

सिरियाको आफ्रिन प्रान्तमा सोमबार बिहान भएको एक झडपमा परी चारजना टर्किस् सैनिक मारिएका हुन् ।

सो क्षेत्रमा केही दिनयतादेखि टर्कीको सेनाले हवाई कारवाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ । सिरियामा केही दिनअघि मात्र अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायती सेनाले पनि आक्रमण गरेको थियो । घटनाको बारेमा विस्तृत जानकारी प्राप्त भइसकेको छैन् ।

प्रकाशित : 30 April, 2018

प्रतिक्रिया दिनुहोस्