इन्धन संकट सिर्जना गर्नेलाई कारर्वाही
सहयात्रा टिभी
बुटवल । बैशाख–२०, रुपन्देहीमा बिहीबार मात्रै बहाली भएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले तेल आपूर्ति सहज बनाउने प्रतिबद्धता जनाएका छन्।
रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलको आयोजनामा सरोकारवालाबीच भएको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तेल भएर पनि नदिने पम्पलाई कारर्वाही गर्ने बताए ।
नेपाल ट्रेड युनियन कांग्रेसका रुपन्देहीका निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठले पम्पहरुले स्टोरेज गरेका कारण तेल अभाव भएको बताए ।
उनले रातिको समयमा तेल बेच्ने र दिउसोमा छैन भन्ने परिपाटिको अन्त्य हुनुपर्ने बताएका छन । श्रेष्ठले बजारमा तेलको मुल्य बढ्ने गन्ध थाहा पाएपछि व्यापारिहरुले तेल बेच्न बन्द गर्ने र महंगो भएपछि बेच्ने गर्दा सरकारीपक्ष मुकदर्शक बनेर बसेको बताएका छन । उनले नियमित रुपमा अनुगमन गर्नुपर्ने बताए ।