केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जेठ १५ मा पूर्ण बजेट, पुनर्निर्माणलाइ प्राथमिकता

सहयात्रा टिभी

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्ण महराले जेठ १५ मै पूर्ण बजेट ल्याउने जानकारी दिनुभएको छ । अर्थ मन्त्रालयले आयोजना गरेको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले आर्थिक वर्ष २०७४–०७५ को बजेटमा पुनःनिर्माणलाई प्राथमिकता दिइने बताउनुभयो । उहाँले यो बर्ष राजनीतिक सन्तुलन कायम गरी आर्थिक गतिविधि सञ्चालन गरिएकाले आर्थिक वृद्धिदर समेत बढेको बताउनुभयो । अबको आर्थिक बर्षमा प्रमुख प्रतिपक्षीलाइ पनि विश्वासमा लिएर काम गरिने भएकाले आर्थिक बृद्धिदर अझ बढ्ने उहाँको विश्वास छ । मन्त्रालयका सचिव डा. शान्तराज सुवेदीले संविधानमा गरिएको व्यवस्थाबमोजिम पूर्ण आंशिक जे–जे भनिए पनिसामान्य बजेट ल्याइने बताउनुभयो । पुनर्निर्माण प्राधिकरणलाई दिइने बजेटको शीर्षक तोक्ने जिम्मेवारी प्राधिकरणलाई नै दिइएको छ ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्