प्यारी दिदी…….
सहयात्रा टिभी
शहर थियो बिरानो
अन्जान थिए म
आइपुगेयौ तिमि समाउन मेरा हातहरु,
न जन्मको नाता, न रगतको नाता
बस थियौ हामि अन्जान अन्जान
समय न हो आखिर बिस्तारै बिस्तारै
जोडिएयौ हामि भाबनाको नातामा,
अज्नबी नै अज्नबिको भिडमा
तिमी साहार भएर आयौ,
उमिंद भएर आयौ
र भएर आयौ आशाको किरण,
यहाँ सब सब पैसाकोपछि दौडिन्छन्
सायद म पनि
तर बुझ्दैछु पैसा कमाउने जति
सबैले सम्बन्ध कमाउदैनन्,
चाहे दुई नम्बरी गरेर होस्
चाहे ठमेलमा रात बिताएर होस्
पैसा त कमाए कै हुन्छन्,
तर गाह्रो रहेछ र छ
सम्बन्ध कमाउन,खुसी कमाउन
आज म खुशि छु किनकि
मैले सम्बन्ध कमाएकि छु
अझ भनौ तिमि कमाएकि छु
र बुझ्दैछु सफलता पुर्णता हैन,यात्रा हो
र त्यही कुरा पछ्याउँदै छु,
मेरा हरेक पाईलाहरूमा साथ दिने
प्यारी दिदी तिमिलाई धेरै धेरै सम्झना
र तिमि यो सास रहुन्जेल
मेरा स्मृतिमा सदा सदा रहिरहने छौ !!
यमुना थापा