कैद मिनाहा गरी बालकृष्ण ढुंगेललाइ छुट्कारा

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–६, गनतन्त्र दिवसको दिन ज्यान मुद्दामा जेलमा परेका माओवादी नेता बालकृष्ण ढुंगेल छुटने भएका छन । सरकारले उनलाई बाकी कैद मिनहा गरि छुटाउन लागेको हो ।

कारागार नियमावलीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सक्ने प्रावधान रहेको छ । उनलाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । ढुंगेललाई गत कात्तिक १४ गते ललितपुरमा पक्राउ गरेको थियो । उनी डिल्ली बजार कारगारमा रहेका थिए ।

कात्तिकमा पक्राउ परेका उनको कैद भुक्तान बैशाखमै ८ वर्ष पुगिसकेको छ । असल चालचलन भएको कैदीको प्रावधान लागू गरी उनलाई बाँकी कैद मिनाहा गरि जेलबाट निकाल्न लागेको हो । उनलाई ०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो।

गत कात्तिक ७ गते सर्वोच्च अदालतले एक सातभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन आइजिपी प्रकाश अर्याललाई आदेश दिएपछि उनी पक्राउ परेका हुन्।

प्रकाशित : 20 May, 2018

प्रतिक्रिया दिनुहोस्