सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचार खर्च दिने
सहयात्रा टिभी
काठमाण्डौँ । जेठ–८, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधव प्रसाद घिमिरेको विरामी उपचार सबै खर्च सरकारले दिने बताएका छन । उनले सोमबार घिमिरेलाई ग्राण्डी अन्तर्राष्ट्रिय असपतालमा भेटदै उपचार खर्च सरकारले ब्यहोर्ने भएको बताएका हुन ।
आन्तरिक रक्तस्राव भएपछि घिमिरेलाई अहिले हाई केयर युनिटमा राखेर उपचार गरिएको छ । विरामीको उपचार नेपालमा हुन सकेन भने पनि सरकारले विदेश लगेर उपचार गर्ने पतिवद्धता गरेको छ ।
प्रधानमन्त्री ओलीले माधव प्रसाद घिमिरेलाई आत्मा बल बलियो बनाउन उपचारमा संलग्न चिकित्सकलाई उनको उपचारमा कुनै कसर बाँकी नराख्न जानकारी दिएका छन ।