फेसबुकका मालिक मार्क जुकरबर्गले संसदसमक्ष माफी मागे

सहयात्रा टिभी

काठमाडौं । जेठ–९, फेसबुकका संस्थापक मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागेका छन् ।

क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् । क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएको छ ।

यद्यपि एनालिटिकाले यो आरोपको खण्डन गर्दै आएको छ र गलत आरोपका कारण व्यवसायमा असर परेको भन्दै आफ्नो कार्यालय बन्द गरेको घोषणा गरिसकेको छ । युरोपेली सांसदका प्रश्नको जवाफ दिँदै जुकरबर्गले फेसबुकका टुल्सलाई हानी पु¥याउनका लागि प्रयोग गरिएको बताउँदै खेद प्रकट गरेका थिए ।

उनको भनाइबाट युरोपेली संसद्का सबै सदस्य सन्तुष्ट नभएको बताइएको छ । केही सांसदहरुको जिज्ञासाको जवाफ जुकरबर्गले नदिएपछि सांसदहरु असन्तुष्ट भएका हुन् ।

यसअघि गत अप्रिलमा जुकरबर्गसँग अमेरिकी संसदमा सवाल जवाफ गरिएको थियो । तर, युरोपेली सांसदहरुसँगको सवाल जवाफको तरिका भने अमेरिकी सांसदको भन्दा फरक थियो ।

सबै सांसदहरुले एउटा प्रश्न सोधिसकेपछि जुकरबर्गले ती सबै प्रश्नको एकमुष्ट जवाफ दिएका थिए ।

प्रकाशित : 23 May, 2018

प्रतिक्रिया दिनुहोस्