ट्रप्पसँग भेट गराइदिन उनकै वकिलले घुस लिएको खुलासा

सहयात्रा टिभी

एजेन्सी । जेठ–१०, युक्रेनका राष्ट्रपति पेत्रो पोरोसेन्को समर्थितलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पसँग भेट गराइदिन ट्रप्पका वकिलले ४ लाख डलर घुस लिएको खुलासा भएको छ ।

ट्रम्पसँग भेट गराईदिन भन्दै युक्रेनी राष्ट्रपति समर्थितबाट सो रकम दिईएको किभ श्रोतले पुष्टि गरेको छ ।

गत जुनमा ट्रप्प र समर्थितको भेट भएको थियो । ट्रप्पका वकिल कोहेन भने आफुमाथि लागेको, रकम लिएको आरोप अस्विकार गर्दैै आएका छन् । उता अमेरिकी राष्ट्रपति ट्रप्पसँग भटेपछि उनीसँगको फोटो र भेटको वातावरणले प्राप्त हुने आफ्नो जनमतको लागी युक्रेनी राष्ट्रपति पेत्रो पोरोसेन्को समर्थितले सो रकम तिरेका हुन् ।

भेट पछि ट्रम्पको चुनावी अभियानका व्यवस्थापक पाउल मानाफोर्ट माथिको भ्रष्टाचार सम्बन्धि अनुसन्धान बन्द गरिएको थियो । युक्रेनका गुप्तचर विभागका उच्च अधिकारीले पोरोसेन्कोको ह्वाईट हाउस भ्रमण अघिको विषयमा खुलासा गरेका थिए ।

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्