सांसद शेख चाँद ताराका श्रीमान बुहारी करणी गर्न खोजेको आरोपमा पक्राउ
सहयात्रा टिभी
वीरगञ्ज । जेठ–११, सांसद शेख चाँद ताराका श्रीमान बुहारीलाई जबर्जस्ती गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । बुहारीमाथि जबर्जस्ती गर्न खोजेको आरोपमा सांसद शेख चाँद ताराका श्रीमान तथा कानुन व्यवसायी शेष मन्सुर बाबुलाई प्रहरीले विहिबार पक्राउ गरेको हो ।
शेख चाँदले झड्केलो छोराकै बुहारीमाथि जबर्जस्ती गर्न खोजेका थिए । घटना भएको २० दिनपछि २०७४ साल पुस २८ गते उनी विरुद्ध उनकी बुहारीले जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गराएकी थिइन् ।
उनले मुुद्दा दर्ता गराएकै दिनबाट शेख भने फरार भएका थिए । मुद्दा दर्ता भएदेखि नै प्रहरीले खोजी गरिरहेको शेखलाई विहिबार अदालत चोकबाट प्रहरीले पक्राउ गरेको हो ।
शेखलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।