गर्मीको कारण गाडी भित्रका अण्डाबाट चल्ला निस्कन थालेपछि
सहयात्रा टिभी
काठमाण्डौं । जेठ–१३, चिनमा एक गाडि भित्र कार्टुनमा राखिएका अण्डाबाट चल्ला निस्केका छन् । यो घटना चिनको सामाजिक सञ्जालमा भिडियो सहित भाइरल भइरहेको छ ।
अत्याधिक गर्मीको कारणले अण्डाबाट चल्ला निस्केको हुन सक्ने आशंका गरिएको छ । भाइरल भइरहेको केहि सेकेन्डको उक्त भिडियोमा अण्डाबाट चल्ला निस्केको स्पष्ट देख्न सकिन्छ ।
उक्त भिडियोमा केहि चल्लाहरुले अण्डाभित्रैबाट अण्डाको बोक्रा कोट्याइहेको पनि देख्न सकिन्छ ।
यो घटना कहाँको हो र कहाँबाट कसरी सार्वजनिक भयो भन्ने कुरा भने स्पष्ट भइसकेको छैन । विना इन्कुबेशन अण्डाबाट चल्ला निस्कनु असम्भव भएकाले उक्त घटना प्रति धेरैले आलोचना पनि गरिरहेका छन् ।