यौनाङ्ग देखाएपछि बलात्कार आरोपी दोषमुक्त
सहयात्रा टिभी
एजेन्सी । जेठ–१३, अमेरिकाका कनेक्टिकटमा अदालतमा यौनाङ्ग देखाएपछि एक बलात्कार आरोपीलाई अदालतले रिहा गरेको छ ।
बलात्कार आरोपी डेसमन्ड जेम्स नामका व्यक्तिसँग आफुलाई निर्दोष सावित गर्ने यहि एउटा उपाय भएकाले अदालत भित्रै लुगा खोलेर यौनाङ्ग देखाएका हुन् ।
ती व्यक्तिमाथि सन् २०१२ मा एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । बलात्कृत महिलाले आफुलाई बलात्कार गर्ने पुरुष ठूलो ओठ भएको अश्वेत व्यक्तिको कपाल भएको र यौनाङ्गको रंग बाँकी शरिरको तुलनामा हल्का भएको जानकारी दिएकी थिइन् ।
सन् २०१४ मा एक समाचार रिपोर्टमा फोटो देखेपछि पीडित महिलाले डेसमन्ड जेम्सलाई आफ्नो बलात्कारको आरोपी बताएकी थिइन् । डेसमन्डका यौनाङ्गका केही तस्बिर देखाएर आरोपी नभएको पुष्टि गर्न कोसिस गरिएको थियो तर त्यसबाट पनि उनी निर्दोष सावित हुन सकेनन् । त्यसपछि उनलाई आफु निर्दोष सावित गर्न उनले यौनाङ् देखाउनै पर्ने भयो । बुधबार उनले जुरी बक्समा उभिएर जम्मा पाँच सेकेन्डको अवधिभित्रमा पाइन्ट खोली यौनाङ्ग देखाएका हुन् ।
तर ती महिलाको विषयमा उनी निर्दोष देखिएपनि उनले गत वर्ष १० वर्षकी बालिकामाथि यौनजन्य अपराध गरेका कारण ६५ वर्षको जेल सजाय भोग्नु पर्ने भएको छ ।


