३० वर्षको हुँदासम्म छोराले घर नछाडेपछि बाबुआमाले हाले मुद्दा
सहयात्रा टिभी
एजेन्सी । न्यूयोर्क राज्यको क्यामिलस निवासी एक बाबुआमाले छोराले घर नछाडेको भन्दै छोरा विरुद्ध मुद्दा हालेका छन् । अभिभावक मार्क र क्रिस्टिना रोटोण्डोले छोरा माइकललाई आफ्नै बासस्थान खोजी बस्न पटक पटक आग्रह गर्दा पनि घर नछाडेपछि उनीहरुले छोरा विरुद्धमा मुद्दा हालेका हुन् ।
विगत आठ वर्षदेखि अभिभावक सगैँ बस्दै आएका माइकलले घरखर्चमा पनि कुनै सहयोग नगरेको उनका अभिभावकले बताए ।
माइकललाई आत्मनिर्भर बनाउन अरु कुनै उपाय नभएपछि गत फेब्रुअरी २ देखि पटक पटक उनीहरुले माइकललाई घर छाड्ने नोटिस दिँदै आएका थिए । पटक पटकको आग्रहलाई पनि उनले वेवास्ता गरेपछि माइकलकी आमाले छोरालाई आफ्नो घरबाट हटाइ पाउँ भन्ने निवेदन दिएकी थिइन् ।
अदालतले माइकललाई बाबुआमाको घर चाँडै छाड्न निर्देशन दिएको छ । अदालतको यो निणर्यलाई माइकलले भने अपमानजनक निणर्य भएको भन्दै यस निणर्यविरुद्ध अपिल गर्ने सोचेको उनले बताएका छन् ।


