प्रत्येक प्रदेशमा रगंशालासहित खेलकुदमा २ अर्ब बजेट विनियोजन

काठमाण्डौं । जेठ–१६, खेलकुद क्षेत्रको विकासको लागी मंगलबार भएको बजेट भाषणमा २ अर्ब ४ करोड रकम विनियोजन गरिएको छ । विश्व जगतमा खेलकुद मार्फत नेपालको पहिचानको विकास गर्ने उद्देश्यले १८ औँ एसियाली खेलकुद , १३ औँ दक्षिण एसियाली खेलकुद र राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि २ अर्ब ४ करोड रकम छुट्याइएको हो ।
त्यसैगरि प्रत्येक स्थानिय तहमा स्थानिय तहसँगको सहकार्यतामा सम्भावना हेरि रंगशाला, खेलमैदान, युवा क्लब र विचरण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ ।
बालबालिका र युवा वर्गलाई खेलकुदमा प्रोत्साहन दिने र प्रत्येक प्रदेशमा प्रदेश स्तरीय रगंशाला निर्माण गर्ने गरी बजेट कार्यक्रम ल्याइएको अर्थमन्त्री डा.युवराज खतिवडाले जनाए ।