प्रदेश-७ को रोमाञ्चक जित

काठमाडौं । जेठ १९, प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोलीको खेलमा प्रदेश एक भने बाहिरिएको छ । शनिबार भएको खेलमा प्रदेश—७ ले प्रदेश—३ लाई पराजित गर्दा र प्रदेश—१ माथी सशस्त्र प्रहरी बलले ९ विकेटको फराकिलो जित निकाल्न सफल भयो ।
यता राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपालयको व्यवस्थापनमा कीर्तिपुर मैदानमा भएको खेलमा प्रदेश—७ ले प्रदेश ३ माथी २ विकेटको रोमाञ्चक जित निकाल्यो । प्रदेश—३ ले दिएको ११७ रनको कमजोर लक्ष्य पछ्याएको प्रदेश—७ ले ८ विकेट गुमाएर भेटाएको थियो । टस जितेर ब्याटिङ गरेको प्रदेश—३ ले केवल ३३ दशमलव ३ ओभरमा ११६ रनमा अलआउट भयो । प्रदेश ३ लाई सस्तैमा समेट्नका लागि शेर मल्लले २७ रन मा ४ विकेट लिए ।
प्रदेश—७ ब्याटिङपनि शुरुवातमा राम्रो हुन सकेन । न्युन स्कोर भेट्टाउन मध्यक्रमका ब्याटसम्यानले केही जम्ने प्रयास गरेपनि जितका लागि भने पुछारका ब्याटसम्यानसम्म क्रिजमा आउनु परेको थियो । प्रदेश—७ का लागि सन्जु धामीले २५, विजय रानाले २४ र अरुण ऐरीले २१ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो रन नबनाएपनि जितको आधार खडा गरे । प्रदेश ३ का जितेन्द्र ठकुरी र सागर ढकालले २–२ बिकेट लिए ।