केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति भण्डारीद्वारा संसद्मा नीति कार्यक्रम प्रस्तुत

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति बिद्या भण्डारीले सरकारकातर्फबाट व्यवस्थापिका संसद्को बैठकमा आर्थिक बर्ष २०७४/०७५ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । काम चलाउ सरकार र निर्वाचनको मुखमा नीति कार्यक्रम ल्याउनु परेकाले धेरैजसो पुरानै कार्यक्रम रहेका छन । नीति कार्यक्रमका केही महत्वपूर्ण बुँदा–

  • संविधानले सबै  प्रकारका भेदभाव अन्त्य गरी समाजिक न्याय स्थापनाको आधारशीला खडा गरेको छ।
  • १५ वर्षदेखि नेतृत्वविहीन रहेका स्थानीय निकाय पुनर्संरचना गरी २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ ।
  • स्थानीय तहलाई अधिकारसम्पन्न बनाइ सिंहदरबारको अधिकार गाउँ नगरमा हस्तान्तरण गर्न पाउँदा सरकारलाई गर्व महसुस भएको छ ।
  • संविधानअनुसार बन्न बाँकी कानुन निर्माणलाई तीब्रता दिइनेछ।
  • संविधानले तोकेको मिति २०७४ माघ ७ भित्र संघ र प्रदेशको निर्वाचन गराउन सरकार प्रतिबद्ध छ।
  • विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रियाका बाँकी काम आउँदो आर्थिक वर्षभित्र पूरा गरिनेछ।
  • १२ घण्टासम्म हुने लोडसेटिङ अन्त्य गरेपछि आर्थिक वृद्धिदर बजेटले प्रक्षेपण गरेभन्दा बढी भएको छ।
  • राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका लागि आवश्यक स्रोत साधन उपलब्ध गराइनेछ।
  • भूकम्पपछिको पुनर्निर्माण र नवनिर्माणलाई प्राथमिकता दिइ आवास निर्माणलाई निरन्तरता दिइनेछ।
  • आर्थिक समृद्धिका लागि सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहकार्यलाई अझ सुदृढ गरिनेछ।
  • स्थानीय तहमा वैज्ञानिक, सरल र पारदर्शी वित्तीय व्यवस्था गरिनेछ।
  • औद्योगिक क्षेत्रमा बाह्य लगानी बढाउने कामलाई निरन्तरता दिइनेछ।
  • प्रमुख बालीहरुमा आत्म निर्भर हुने नीतिलाई निरन्तरता दिइने। पशु तथा बाली बिमा कार्यक्रमलाई कृषकको पहुँचमा पुर्याइने।
  • उज्यालो नेपाल अभियानको प्रभावकारी कार्यान्वयन गरी विद्युत उत्पादनमा प्राथमिकता दिइनेछ।
  • रणनीतिक महत्व र प्राथमिकता प्राप्त सडकको निर्माणमा प्राथमिकता दिइने।
  • स्वच्छ खानेपानीमा नागरिकको पहुँच अभिवृद्धि गरिने। प्राथमिकता प्राप्त खानेपानी आयोजना कार्यान्वयनमा जोड दिइने।
  • धार्मिक पर्यटनलाई प्राथमिकता दिइने। पशुपति, लुम्बिनीको विकासलाई प्राथमकिता दिइने।
  • नयाँ हवाइ रुट पहिचान गरी दुई देशीय सम्झौता गरिनेछ।
  • खेलकुद क्षेत्रको विकासका लागि विद्यमान नीतिको पुनरावलोकन गरिनेछ।
  • गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन सामुदायिक विद्यालयलाई नमूनाका रुपमा अगाडि बढाइनेछ।
  • खुला विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ।
  • आधारभूत स्वास्थ्य निशुल्क पाउने व्यवस्था मिलाइनेछ। गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गरिनेछ।
  • परराष्ट्र नीतिमा परिमार्जन गर्दै कार्यान्वयन गर्ने। भारत र चीनसँगको सम्बन्धलाई नेपालको राष्ट्रिय स्वार्थअनुकूल अगाडि बढाइनेछ।
  • वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने।
  • नेपाल प्रहरीलाई संघीय ढाँचाअनुरुप रुपान्तरण गरिनेछ।
  • कारागारहरुलाई सुधार गृहमा रुपान्तरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
  • प्रशासन पुनर्संरचना गर्न राष्ट्रिय निजामति सेवा तर्जुमा गरिनेछ।
  • न्यायपालिकाको रणनीतिक कार्ययोजना कार्यान्वयन गरी सर्वोच्च अदालत लगायत न्यायीक निकायका फैसला कार्यान्वयन गरिनेछ।
  • संघीय र प्रदेश निर्वाचनपछि संक्रमणकाल सकिनेछ।
  • राष्ट्रपतिले नेपाल र नेपालीको जय होस् भन्दै नीति तथा कार्यक्रमको पाठ सकिन्।

 

 

 

प्रकाशित : 25 May, 2017

प्रतिक्रिया दिनुहोस्