विश्वकप फुटबलमा मिल्यो सेतो बिरालोको भविष्यवाणी

काठमाडौं । असार १, विश्वकप फुटबलको उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी गरेको ‘एकिलिज’ नामको कान नसुन्ने सेतो बिरालोको भबिष्यवाणी सहि सावित भएको छ । सो सेतो बिरालोले विश्वकपको उद्घाटन खेलमा आयोजक रुसले नै जित्ने भविष्यवाणी गरेको थियो ।
उक्त सेतो विरालोले रूसले जित्ने भविष्यवाणी गरे अनुसार साउदी अरेबियामाथी ५(० गोलको अन्तरले शानदार जित हांसिल गरेको हो । दुई देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।
कान नसुन्ने उक्त बिरालोलाई विश्वकपको भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको छ ।