अजिङगरको पेटबाट निकालियो एक महिलाको शव
सहयात्रा टिभी
एजेन्सी । जेठ–५, इन्डोनेसियाकी वा तिबा नाम गरेकी एक महिलालाई अजिङगरको पेटबाट निकालिएको छ । बारीमा काम गर्दागर्दै गत बिहिबारबाट हराइरहेकी ५४ वर्षीय वा तिबालाई गत शुक्रबार २३ फुट लामो अजिङगरको पेट चिरेर निकालिएको हो ।
बारीमा काम गर्दागर्दै हराएकी तिबालाई आफन्तसहित करिब १०० जना साथिहरुले खोजि गरिरहेका थिए ।
स्थानीयले अजिंगरलाई मुना द्वीपको पेरस्यिापन लावेला गाउँमा फुलेको अवस्थामा भेटेका थिए । अजिङगर भेटेको ३० मिटर अगाडि उनीहरुले उक्त महिलाको चप्पल भेटेका थिए । त्यसैले अजिङगरले नै महिलालाई निलेको हुनसक्ने आशंकाले उनीहरुले त्यस अजिङगरलाई मारेर पेट चिरेर हेर्दा महिलाको शव भेटेका हुन् ।