परीक्षा अवधि भरी देशभरको इन्टरनेट सेवा बन्द

सहयात्रा टिभी

एजेन्सी । असार–९, अल्जेरियामा हाइस्कुलको परीक्षा समय अवधिभरी देशभरको सम्पूर्ण इन्टरनेट सेवा बन्द गरिने भएको छ । अल्जेरियामा परीक्षामा इन्टरनेटको माध्यमबाट हुने चोरी बढेकाले परीक्षा हुनु भन्दा पहिले एक घण्टाको लागी मोबाइल र फिक्स–लाइन दुबै खालको इन्टरनेट सेवा बन्द गरिने भएको हो ।

यो  कदम सन् २०१६ मा भएको हाई स्कुल परिक्षामा व्यापाक चोरीको प्रतिक्रियामा आएको छ । त्यो समय परीक्षा शुरु हुनु अघि र परिक्षा चलिरहँदा प्रश्नपत्र इन्टरनेटमा लिक भएको थियो ।

त्यसैले इन्टरनेट प्रदायकहरुलाई अघिल्लो वर्ष पनि अधिकारीहरुले सामाजिक सञ्जालमा पहुँच रोक्नको लागि अनुरोध गरेका थिए ।

त्यसैगरी अल्जेरियामा यहि जुन २० बाट सुरु हुने हाइस्कुलको परीक्षा अवधिभर विद्यार्थी र शिक्षक दुबैलाई इन्टरनेट चल्ने सम्पूर्ण विद्युतीय सामाग्रीहरु परीक्षा हलमा लानलाई प्रतिबन्ध लगाइएको छ । यसको सुनिश्चिता गर्नका लागि देश भरका सबै २००० परिक्षा केन्द्र बाहिर मेटल डिटेक्टर राखिने छ ।

प्रकाशित : 22 June, 2018

प्रतिक्रिया दिनुहोस्