डिस होममा विश्व कपको predict and win प्रतियोगीता, विजेताले ४२ इन्चको टेलिभिजन पाउने
काठमाण्डौं । असार–११, हिस होमले २०१८ को विश्व कपको अवसरमा predict and win प्रतियोगीता गराइरहेको छ । उक्त प्रतियोगीतामा भाग लिएर विजेता हुने व्यक्तिले ४२ इन्चको टेलिभिजन उपहार पाउने छ ।
साथै हिस होमले विजेताको घरमा निशुल्क हिस होम जडान गरिदिनुको साथै अन्य धेरै उपहारहरुको समेत व्यवस्था गरेको छ ।
हाल विभिन्न देशको जर्सि, खेलाडीहरुको जर्सिका साथमा फोटो हालेर उक्त प्रतियोगीतामा भाग लिनेहरुको संख्या निकै बढि देखिन्छ ।
जुलाई १४ बाट सुरु भएको विश्व कपमा आज जुलाई २५ को दिन ८ वटा राष्ट्रहरु खेलमा एकअर्कासँग भिड्दैछन् । उरुग्वे र रसिया, साउदी अरेविया र इजिप्ट, इरान र पोर्चुगल, स्पेन र मोरोक्को विच आज खेल हुने भएको छ ।
उरुग्वे र रसिया, साउदी अरेविया र इजिप्ट विच आज साँझ ७ः४५ मा खेल हुनेछ भने इरान र पोर्चुगल, स्पेन र मोरोक्को राती ११ः४५ मा भिड्ने छन् ।
विश्व कपको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण डिस होमको एक्सन स्पोर्टसमा भइरहेको छ । खेलको प्रत्यक्ष प्रशारण वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारको आवाजमा नेपाली कमेन्ट्रीमा भइरहेको छ ।
२०१८ को विश्व कपको अवसरमा ग्राहकहरुका लागी नेपालमै पहिलो पटक नेपाली कमेन्ट्रीमा विश्व कपको प्रत्यक्ष प्रशारण गराउनु साथै विभिन्न प्रतियोगीताको आयोजना गर्नु ग्राहकहरुको सुविधाको निम्ति उल्लेखनिय कार्य हो ।