ट्रम्पको आप्रवासी नीतिको विरोध प्रदर्शन गर्ने तयारी

सहयात्रा टिभी

एजेन्सी । असार–१७, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको आप्रवासीप्रतिको नीतिको अमेरिकामा विशाल विरोध प्रदर्शन गर्ने तयारी गरिएको छ । मेक्सिकोबाट अमेरिका आएका अवैध आप्रवासीहरुलाई जेलमा राखेर उनीहरुका बच्चालाई अलग राख्ने ट्रम्पको नियम विरुद्ध अमेरिकाको ६ सय ३० भन्दा बढि स्थानमा विरोध कार्यक्रम गर्ने तयारी गरिएको हो ।

विरोध प्रदर्शनका लागी अमेरिकाका सबै शहरका बासिन्दालाई ‘फेमिली बिलोङस् टुगेदर’ नाराका साथ एकजुट हुन आह्वान गरिएको छ ।

त्यसैगरि आयोजकहरुले सबैलाई सेतो पोसाकमा उपस्थित भई शान्तिपूर्ण विरोधमा सहभागि हुन आग्रह पनि गरेका छन् ।

मेक्सिकोबाट अमेरिका आएका अवैध आप्रवासी बिरुद्ध राष्ट्रपति ट्रम्पले ‘जिरो टलरेन्स’ नीति लागू गरेका छन् जस अन्तर्गत सजाय भोग्ने मानिसहरुका सन्तानले आमाबुबाबाट अलग हुनु पर्छ । यहि नीति विरुद्धमा अमेरिकामा विरोध प्रदर्शन गर्न लागीएको हो ।

यसअघि पनि यस्तै प्रदर्शन भएपछि राष्ट्रपति ट्रम्प आफ्नो नीति परिवर्तन गर्न बाध्य भएका थिए ।

प्रकाशित : 1 July, 2018

प्रतिक्रिया दिनुहोस्