पाउलिन्हो बार्सिलोना छाडेर चीनतिर

एजेन्सी । असार–२५, ब्राजिलका मिडफिल्डर पाउलिन्हो बार्सिलोना छाडेर चिनियाँ पूर्व क्लब ग्वान्झाओ एभरग्राण्ड फर्किने भएका छन् ।
बार्सिलोनामा एक सिजन विताएका पाउलिन्हो विश्वकप सकिने वित्तिकै चिनियाँ पूर्व क्लब ग्वान्झाओ एभरग्राण्ड फर्किने जानकारी एभरग्राण्डले दिएको हो ।
३४ खेलमा ९ गोल गरेका उनले बार्सिलोनालार्इ ला लिगा जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । विश्वकपमा ब्राजिलले खेलेका सबै खेल उनले पनि खेलेका छन् ।
चिनियाँ अन्तर्गत ६३ खेल खेलीसकेका उनी पुन चिनियाँ फर्कने कुरालाई बार्सिलोनाले पनि स्वीकार गरेको छ ।