‘नो पेन्टी’, ‘नो ब्रा’ डे पनि मनाइन्छ
काठमाण्डौं । श्रावण–१, नेपालमा अनेकौँ दिवस मनाउँदै आएका छौँ । प्राय कुनै न कुनै दिन कुनै दिवस परेकै हुन्छ । अनेक किसिमका दिवसहरुसँगै विश्वमा महिलाहरुले मात्र मनाउने एक आश्चर्यजनक दिवस पनि छ ।
महिलाहरुले नो पेन्टी दिवस मनाउँदै आएका छन् । महिलाहरुले जुन २२ लाई नो पेन्टी डे को रुपमा मनाउँदै आएका छन् । विशेषगरि इन्टरनेट विस्तार भएपछि सामाजिक सञ्जालहरूको माध्यमबाट यो दिवस मनाउनेको सङ्ख्या बढीरहेको छ ।
यो दिवस ९० को दशकबाट नै मनाउन सुरु गरिएको पाइएको छ । नो पेन्टी डे जस्तै युवतीहरुले नो ब्रा डे पनि मनाउँछन् । महिलाहरुले नो पेन्टी डे को दिन पेन्टी नलगाएर र नो ब्रा डे को दिन ब्रा नलगाएर यो दिवस मनाउने चलन छ ।
धेरै युवतीहरूले विशेषगरि सामाजिक प्रतिबन्धलाई चुनौती दिँदै स्वतन्त्रता महसुस गर्न यो दिवस मनाउने गर्छन् । पेन्टी र ब्रा नलगाउँदा आफुहरुलाई सजिलो हुनुको साथै स्वतन्त्र महसुस हुने भएकाले यो दिवस मनाउने गरेको युवतीहरुले बताउँछन् । नेपाली युवतीहरुले भने हाल सम्म यस दिवसलाई समाजमा खुलेर मनाउन थालेको देखिएको छैन् ।