गाउँलेको प्रतिशोधमा परेपछि २ सय ९२ गोहिको एकै चिहान

एजेन्सी । श्रावण–२, शनिवार गाउँलेको प्रतिशोधमा परी २ सय ९२ गोहीले ज्यान गुमाउनु परेको छ । इण्डोनेसियाको पपुवा प्रान्तमा स्थानीय मानिसहरुले रिसको आक्रोसमा झण्डै ३ सय गोहिको एकै चिहान बनाएका हुन् ।
गोहीको आक्रमणमा परी एक जना मानिसको ज्यान गएपछि गाउँलेहरु गोहीमाथि खनिएका हुन् । गाईवस्तुका लागी घाँस काट्न गएका एक मानिस गोही भएको पोखरीमा पसेपछि गोहिले उक्त मानिसको खुट्टा खाइदिएको थियो । त्यसपछि सो मानिसको मृत्यु भयो ।
गोहिले खाएर मानिसको मृत्यु भएपछि मानिसहरु गोहि प्रति आक्रोसित बने, फलस्वरुप मानिसहरुले अन्धाधुन्ध फार्मको पोखरीमा पालिएका गोहीमाथि धारिला हतियार प्रहार गरी करिब ३ सय गोहिको ज्यान लिए ।
मृत मानिसको अन्तिम संस्कार सकेपछि आक्रोसित गाउँलेहरुले तरवार लगायतका धारिला हतियारको प्रयोग गरि फार्मको गोहिहरुको ज्यान लिएका हुन् । उक्त फार्ममा संकटापन्न प्रजातिका गोहीको संरक्षणका लागि २०१३ देखि गोही पालिँदै आएका थिए ।