प्राय केटिहरुले खराब केटा किन मन पराउँछन् ?

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–९, एक अनुसन्धानबाट प्राय असल केटिहरुले खराब केटाहरुलाई मन पराउने गरेको तथ्य खुलेको छ । केटिहरुले कुनै उद्देश्य विनाका आवारा र भविष्यको कुनै चिन्ता नभएका भद्रगोल जिन्दगी विताइरहेका केटाहरुलाई मन पराउने र उनीहरुसँग नै प्रेम गर्ने गरेको अनुसन्धानले बताएको हो ।

यस्ता आवारा केटाहरुलाई भविष्यको कुनै चिन्ता हुँदैन । उनीहरुले आफ्नो भविष्य त सोच्दैनन भने अरुको बारेमा पनि कुनै वास्ता गर्दैनन्, जबकी राम्रा र असल पुरुषहरुले आफ्नी प्रेमीका वा श्रीमतीको खुसीको बारेमा हरपल सोचिरहेका हुन्छन्, यद्यपी अधिकाशं असल र राम्रा महिलाहरुले नै ती खराब र आवारा पुरुषहरुलाई रोज्ने गरेको पाइएको छ ।

अनुसन्धान अनुसार महिलाहरुमा खराब पुरुषलाई सुधार गर्न सकिन्छ भन्ने मान्यता रहेको पाइएको छ । उनीहरु खराब पुरुषलाई सुधार गर्न सकेमा आफु सफल भएको महसुस गर्दछन् र सन्तुष्ट हुने गर्छन् ।

तर युवतीहरुले त्यस्ता पुरुषहरुलाई गर्ने त्यस प्रकारको माया भने दिर्घकालीन नहुने गरेको पाइएको छ । महिलाहरुले ती खराब पुरुषहरुसँग प्रेम गर्ने उनीहरुलाई सुधार्ने तर विवाहको लागी भने असल र इमान्दार साथै आफ्नो भावनाको कदर गर्ने पुरुष नै राज्ने गरेको पाइएको छ ।

प्रकाशित : 25 July, 2018

प्रतिक्रिया दिनुहोस्